बिहीबार रातिदेखि आएको हावाहुरीमा परेर मधेश प्रदेशमका तीन जनाको मृत्यु भएको छ। हावाहुरीले रूख ढल्दा धनुषामा दुई बच्चा र रौतहटमा एक घर खस्दा एक महिलाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ। धनुषाको सबैला नगरपालिका-१२ स्थित फकिरचन्द उच्च माविको प्राङ्गणमा रहेको रूख ढल्दा ८ वर्षीया प्रतिमा कुमारी सदा र ७ वर्षिय अरबन्दी सदाको मृत्यु…