हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको छ। हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली भई केही स्थानहरुमा मेघगर्जन/चटयाङ/असिनासहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। साथै अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार बिहीबार रातिदेखि देशभर सामान्यदेखि पूर्ण बदली…