दशरा (विजयादशमी)पर्व पूरै भारत वर्षमा धुमधामका साथ मनाइन्छ। तर, मिथिला समाजमा भने दसैं भिन्न रूपमा मनाइने चलन छ। हाम्रो समाजमा दूर्गालाई शक्तिको रूपमा लिइन्छ। हिन्दु परम्पराअनुसार दसैँको घटस्थापनाभन्दा केही दिन पूर्वदेखि नै यहाँका शक्तिपीठहरूलाई सरसफाई तथा रंगरोगन गर्ने चलन छ। अहिले त यहाँका युवा, विभिन्न सामाजिक संघ संस्थाहरूले झन दसैंलाई आकर्षक बनाउन मूर्ति निर्माणदेखि ठाउँठाउँमा…