नेपाल प्रहरीले ६० लाख जरिवाना ठहर भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बैङ्किङ कसूर मुद्दामा उच्च अदालत पाटनले रु ६० लाख जरिवाना गरेपछि फरार रहेका इलाम विर्तामोडका ४३ वर्षीय टङ्कनाथ कट्टेललाई पक्राउ गरेको हो। ब्यूरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालत पाटनको ०७७ माघ ४ गतेको…