स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्स कोभ–२ र हैजा रोगविरुद्धको खोपको ‘क्लिनिकल ट्रायल’ लाई सुरुआत गर्ने भएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले ती रोगका क्रमशः ‘एमआरएनए’ र ‘कोलेरा’ खोपको ‘क्लिनिकल ट्रायल’ सुरु गर्न लागेको हो। भदौ १० गते मन्त्रिपरिषद्को बैठकले ती रोगविरुद्धको खोपका लागि ‘क्लिनिकल ट्रायल’ गर्न अनुमति दिने निर्णय गरेको थियो। परिषद्का कार्यकारी निर्देशक…