विगत केही दिन अघिबाट सक्रिय रहेको मनसुन शनिबारदेखि केही कमजोर हुने भएको छ। न्यून चापीय रेखा आज रातिदेखि केही तल सर्ने भएकाले मनसुनी गतिविधिको प्रभाव अलि कम हुने भएको हो। शनिबारदेखि नेपालको पूर्वी भागबाट मौसम क्रमिक सुधार हुँदै जाने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले बताए। “मौसममा सुधार हुने भनेर…