ज्यान मारेर साढे १९ वर्ष कैद सजाय ताेकिएका व्यक्ति २४ वर्षपछि पक्राउ

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २४ वर्षपछि पक्राउ परेका छन्। स्याङ्जा जिल्ला साविक चण्डीकालिका–५ हाल पुतलीबजार नगरपालिका–१४ बस्ने ७५ वर्षीय यमप्रसाद पौडेललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए। फरार प्रतिवादी पौडेललाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाले गोप्य सूचनाका आधारमा पोखरामा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो।…

Logo