काठमाडाैं । मंगलबार बिहानदेखि मनाङ जिल्लाको माथिल्लो भेगमा भएको भारी हिमपातका कारण विभिन्न स्थानमा फसेका करिब १५०० जनाको नेपाली सेनाले सुरक्षित उद्धार गरेकाे छ। उद्धार गरिएकाहरूमध्ये २०० भन्दा बढी विदेशी पर्यटक रहेका छन् । हिमपातले विशेषगरी तिलिचो, खाङ्गसार, पिसाङ्ग, अप्पर मनाङ र हुम्दे इलाकाहरू बढी प्रभावित भएका थिए। यी क्षेत्रहरूमा हिउँ जमेपछि यात्रु तथा पर्यटकहरू…