यही साउन १६ गते आएको बाढीका कारण सिन्धुपाल्चोककाे मेलम्ची नगरपालिका–६ का १८ घरपरिवार विस्थापित भएका छन् । यसअघि गत असार १ मा आएको बाढीका कारण सोही ठाउँका सात परिवार विस्थापित भएको थियो । त्यस क्षेत्रका ३० परिवारभन्दा बढी बाढीको उच्च जोखिमा रहेको वडाध्यक्ष जितराज थापाले जानकारी दिए । मेलम्ची नदीले निरन्तर जमिन कटान गरी जग्गा…