धनुषा प्रहरी कार्यालयको शौचालयमा मृत फेला परेका पल्टु रविदासको शव चार दिनपछि आफन्तले बुझेका छन्। अधिकारकर्मीको रोहबरमा प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलासँग पीडित परिवारका सदस्यबीच दुई बुँदे सहमति र लक्ष्मीनिया गाउँपालिकासँग भएको समझदारीपछि दासको शव परिवारले बुझेको हो। दुई बुँदे सहमतिमा पीडित परिवारलाई राहतका लागि प्रदेश र संघीय सरकारलाई सिफारिस गर्नेदेखि लक्ष्मीनिया गाउँपालिकाले पीडित परिवारका…