मेलम्चीका बाढी पीडित भन्छन्, ‘बाढीले ढुङ्गा बगाउँदा भूकम्प जसरी थर्काउँछ, निन्द्रा लाग्दैन।’

असार १७ गतेदेखिको निरन्तरको बाढीले पहिरोसमेत आउँदा मेलम्ची र हेलम्बुका झण्डै एकसय घर र टहरा बगाएको छ। यसअघि असार १ को बाढीले हेलम्बु, मेलम्ची र पाँचपोखरीका ४५० घरपरिवार विस्थापित भएका र  सयौँ रोपनी खेतीयोग्य जग्गा बगरमा परिणत भएको थियो।  लगातारको बाढीले हेलम्बुको माथिल्लो भेगदेखि मेलम्ची,दोलालघाटसम्म जोखिम बढाएको छ। खोला भन्दामाथि हेलम्बु चुरेटारमा बसोबास गर्दै आएकी…

Logo