छ वर्षअघि मुलुकमै पहिलोपटक कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ नयाँबस्तीमा राना थारु समुदायको घरबास (होमस्टे) सञ्चालनमा आयो । कैलाली र कञ्चनपुरमा मात्रै बसोबास रहेको राना थारुले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै जोडिएको नयाँ बस्तीमा सञ्चालनमा ल्याएको होमस्टे सञ्चालनमा रहँदा देखिने पाहुनाको भीडभाड कोरोना कहरसँगै सुनसानमा परिणत भएको छ । राना थारु सामुदायिक होमस्टेका सचिव चेतराम रानाले कोरोनाको दोस्रो लहर…