भित्ते लेखन कामपाको नीति विपरीत

भित्ते लेखन काठमाडौं महानगरपालिकाको नीति विपरीत रहेको भन्दै रत्नपार्कको आकाशे पुलको पर्खालमा लेखिएको नारा मेटिएको छ। कांग्रेस निकट नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले लेखेको नारा कामपाले आज मेटेको हो। “विसं ‘२०५८ देखि हामीले कामपा क्षेत्रभित्र भित्ते लेखन, पोष्टर–पम्प्लेट टाँस्ने कार्यलाई प्रतिबन्ध लगाएका छौँ”, कामपाका नगर प्रहरी प्रमुख धनपति सापकोटाले भने।  कोभिड–१९ महामारीको अग्रपङ्क्तिमा खटिएकाहरुको सम्मानमा बनाइएको चित्र…

Logo