हेलम्बु गाउँपालिकाले असार १ गते साँझ मेलम्ची खोलामा आएको आकस्मिक र अकल्पनीय बाढीले हालसम्म २३ स्थानीयबासी बेपत्ता भएका जनाएको छ। गाउँपालिकाको वडा १ सेमेसिदाङ हिमाल मुनी रहेको भेमाथाङ चौरमा गएको भीषण पहिरो र त्यसपछि आएको बाढी परी ती स्थानीयबासी बेपत्ता भएका गाउँपालिकाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। बेपत्ता हुनेमा चार महिला र १९ पुरुष रहेका छन्।…