प्रेस काउन्सिल नेपालका नवनियुक्त अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकार आचारसंहिताको उल्लङ्घन गरी गलत ढङ्गबाट बनावटी समाचार बनाएर भ्रम छर्ने जुनसुकै मिडियाप्रति कडारूपमा प्रस्तुत हुने बताएका छन्। सञ्चारग्रामस्थित काउन्सिलमा आज सपथग्रहण र पदबहाली गर्दै उनले राज्यका उच्च ओहोदामा भएका व्यक्तिलाई जथाभावी गालीगलौज गर्नेलाई पनि कारबाहीको दायरामा ल्याइने स्पष्ट पारे। केही बेथितिका कारणले पत्रकार र गैरपत्रकार छुट्याउन…