कति सुरक्षित छन् महामारीमा खटिएका स्वास्थ्यकर्मी?, कहाँ कति सङ्क्रमित र मृत्यु?

कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा कार्यरत वरिष्ठ चिकित्सक डा. हरि सापकोटा रोगव्याधिबाट कर्णालीवासीलाई बचाउँदाबचाउँदै गत भदौ अन्तिममा कोरोनाभाइरसबाट सङ्क्रमित भए। थप उपचारका लागि भेरी अस्पताल नेपालगन्ज पुर्‍याइएका डा. सापकोटाको उपचारकै क्रममा असोजमा मृत्यु भयो। नेपालगन्जमै चिकित्सक रहेका छोरा र हाल विदेशमा रहेकी छोरीका एक्ला अभिभावक डा. सापकोटा आफू सङ्क्रमित हुनुअघि बिरामीको उपचारमै व्यस्त थिए। "मेडिकल फ्रन्टलाइनर नभएको…

Logo