मुलुकमा कोरोना संक्रमण तीब्र रुपमा बढेपछि अस्पतालमा अक्सिजन अभाव केही हदसम्म पूर्ति गर्न महावीर पुन लागिपरेका छन्। संकटका बेला पुनको राष्ट्रिय आविष्कार केन्द्रले एउटा सिलिन्डरमा डिभाइस राखेर दुईजना बिरामीलाई दिन मिल्ने उपाय निकालेको छ। यसबाट सिकिस्त बिरामीको ज्यान बचाउन मद्दत पुग्ने केन्द्रको विश्वास छ। केन्द्रले एउटा सिलिन्डरबाट जटिल अवस्थाका दुईजना संक्रमितलाई दिन मिल्ने गरी व्यवस्था…