आफ्नै ४७ वर्षीया श्रीमती देवी जिसी विकको कुटपिट गरी हत्या गरेको अभियोगमा पोखरा महानगरपालिका-२६ बरालडाँडा उपरजरे बस्ने ४९ वर्षीय देबबहादुर विकलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । देव बहादुरले शनिबार कुटपिट गर्दा गम्भीर घाइते भएकी उनकी श्रीमतीको पश्चिम क्षेत्रीय अस्पताल पोखरामा उपचारको क्रममा आइतबार मृत्यु भएको थियो । ईलाका प्रहरी कार्यालय शिसुवा मुकाम डाँडाकोनाकबाट खटिएको…