मोरङको मिक्लाजुङ गाउँपालिकाका शिक्षक राजेन्द्र श्रेष्ठको हत्यामा संलग्न अभियुक्त प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा मोरङ जिल्ला इन्चार्ज डीबी सिलवाल भनिने धनबहादुर विक पूर्पक्षका लागि कारागार चलान भएका छन् ।गत माघ ७ गते उनी हतियारसहित मोरङको बुढीगंगा गाउँपालिका– ४ बाट पक्राउ परेका उनलाई हातहतियार तथा खरखजना मुद्दामा कारागार चलान गरिएको हो ।आइतबार हातहतियार तथा खरखजना…