राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले बैतडीमा बलात्कारपछि हत्या गरिएकी भागरथी भट्टको हत्या सम्बन्धमा अविलम्ब सुक्ष्म, निष्पक्ष र प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानूनी दायरामा ल्याउन आग्रह गरेका छन् । आयोगमा आज आयोजना गरिएको छलफल कार्यक्रममा कानून मन्त्रालयका सचिव ऋषिराज भण्डारी, गृह सचिव महेश्वर न्यौपाने तथा प्रहरी महानिरीक्षक शैलेश थापासँग गरिएको अन्तरक्रियामा उनले सो आग्रह गरेका…