सर्लाही ।सर्लाहीको धनकौलमा रहेको अन्नपूर्ण सुगर मिलका सञ्चालक राकेश अग्रवाललाई सर्लाही लगिएको छ । उनलाई प्रहरीले बुधबार साँझ काठमाडौँ त्रिपुरेश्वरस्थित आफ्नै घरबाट पक्राउ गरेको थियो । सञ्चालक अग्रवाललाई शुक्रबार सर्लाही पुर्याइएको प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए ।उनले जिल्ला प्रहरी कार्यालयमा अग्रवालका विरुद्धमा ठगीसम्बन्धी कसूरमा किटानी जाहेरी परेकाले अनुसन्धानका लागि जिल्ला लगिएको बताए…