नवलपरासी ।गैँडाको आक्रमणबाट नवलपरासीपूर्व नवलपुरमा आज एक जनाको मृत्यु भएको छ । नवलपरासीपूर्व नवलपुरको देवचुली नगरपालिका–१७, कुलेनीमा गैँडाको आक्रमणमा परी सोही ठाउँ निवासी ६५ वर्षीय जङ्गीलाल मुखियाको मृत्यु भएको १७ नं. वडाका वडाध्यक्ष विष्णुप्रसाद आचार्यले जानकारी दिए ।आज बिहान खेतमा तोरी छर्न जाने क्रममा उनलाई गैँडाले आक्रमण गरेको थियो । बिहान ५ बजेको समयमा गैँडाले…