सुर्खेत ।भेरी नगरपालिका–४ जाजरकोटका नवराज विक र चौरजहारी नगरपालिका–८ रुकुमपश्चिमका सुस्मा मल्लबीचको प्रेम विवाहलाई लिएर भएको घटनाका विषयमा यहाँका प्रदेशसभा सदस्यहरुले सभाको ध्यानाकर्षण गराएका छन् ।प्रदेशसभाको छैटौँ अधिवेशनको तेस्रो बैठकको विशेष समयमा बोल्दै प्रदेशसभा सदस्य सीताकुमारी नेपालीलगायत सभाका सबै सदस्यहरुले रुकुममा भएको जातीय विभेदको घटना छानबिन गर्न सोमबार नै प्रदेशसभामा उच्चस्तरीय समिति गठनको माग राख्दा…