काठमाडौं । कामको खोजीमा करीब साढे दुई महिनाअगाडि काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–३ कुशादेवी थापागाउँमा आएर बसोबास गर्दै आएका म्यानमाली शरणार्थी रोहिङ्ग्या परिवार मङ्गलबार पुनः काठमाडौँस्थित कपनमा नै फर्किएका छन् ।स्थानीयवासी सत्यराम थापाको जग्गामा बसोबास गर्दै आएका सो समुदायका १० परिवारका करीब ३४ जना पुनः मङ्गलबारदेखि कुशादेवी छोडेर कपन फर्केको वडा नं ३ का वडाध्यक्ष ईश्वर थापाले…