‘हट एयर’ बेलुनमा उडेर अब पर्यटकीय नगरी पोखराको मनोरम दृश्यावलोकन गर्न पाइने भएको छ ।बेलुन प्रालि नेपाल, काठमाडौँले नेपालको पर्यटनको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल साहसिक खेल बेलुनमा बसेर पोखराको मनोरम दृश्यावलोकन गर्ने चाँजोपाँचो मिलाउँदैछ । उडान शनिबार बिहानबाट शुरु हुने प्रालिका सञ्चालक सदस्य प्रवीण महर्जनले जानकारी दिए ।“भोलि बिहान बिहान ९ बजे पोखराको लेकसाइडबाट…