इनरुवा (सुनसरी) । अत्यधिक गर्मीका कारण सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिका क्षेत्रभित्रका विद्यालयमा तीन दिन बिदा दिइएको छ । आजदेखि यही जेठ ३० गतेसम्मका लागि बिदा दिइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्ली निरौलाले जानकारी दिए । मंगलबार नगरपालिकाले एक सार्वजनिक सूचना जारी गर्दै अत्यधिक गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर परी पठनपाठनमा समस्या उत्पन्न…