म्याग्दी। म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा भूमे पूजामा सयौँ वर्ष पुरानो परम्परा र संस्कृतिलाई निरन्तरता दिइएको छ । आधुनिकताको प्रभावले मौलिक कला र संस्कृति हराउँदै गएको अवस्थामा चिमखोलावासीले भने भूमे पूजाको सांस्कृतिक पक्षलाई जीवन्त राखेका छन् । हरेक वर्ष चैतको उजेली मङ्गलबारका दिन चिम खोलाको सेवाङ्ग धुरीमा रहेको भूमे थानमा विधिपूर्वक प्रकृति पूजाका रूपमा भूमे देवताको…