जुम्ला। सरकारले विभिन्न सेवा सुविधा लिनका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य गरेपछि जुम्लामा परिचयपत्र बनाउनेको सङ्ख्या बढेको छ । जिल्ला प्रशासन कार्यालयमा गत एक वर्षका अवधिमा ६ हजार ५५६ जनाले राष्ट्रिय परिचयपत्र बनाएको प्रशासन शाखाका कम्युटर अपरेटर हेमन्त पुलामीले जानकारी दिए । कार्यालयको राष्ट्रिय परिचयपत्र शाखामा दैनिक ८० जनाभन्दा बढीको सङ्ख्यामा सेवाग्राही आउने गरेको कार्यालयले जनाएको…