रौतहट । रौतहटमा मुस्लिम समुदायले शनिवार हर्षोल्लासका साथ ईद–उल–फित्र पर्व मनाएका छन्। एक महिना लामो रमजानको कठोर उपवास (रोजा) पूरा भएको खुसीयालीमा यहाँका विभिन्न स्थानीय तहमा विशेष चहलपहल देखिएको हो । ईद–उल–फित्र पर्वको अवसरमा गौर, गरुडा, चन्द्रपुर र राजपुर नगरपालिकाका विभिन्न ईदगाहहरूमा बिहानैदेखि श्रद्धालुहरूको घुइँचो लागेको थियो। यहाँका १५० भन्दा बढी मस्जिद र ईदगाहहरूमा मुस्लिम…