गाइघाट(उदयपुर)। यहाँको त्रियुगा नगरपालिका आसपास बसोबास गर्ने थारु समुदायले खेतमा धान रोपाइँ सकेर भदौको आइतबार मनाइने रैब पर्व मनाएका छन्। सदाझैँ बगाहा, मोतीगडा, देउरी, जोगिदह, खैजनपुर, मोथ्याईसहित चौदण्डी गढी नगरपालिकाको हडिया, सुन्दरपुर, बेलही क्षेत्रका थारु समुदायले रैब पर्व मनाएका हुन्। थारु कल्याणकारी समिति उदयपुरका अध्यक्ष डुल्लीराम चौधरीका अनुसार रैब पर्व प्रत्येक वर्षको भदौ महिनाको पहिलो…