विराटनगर । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेस्थित रहेको भोटे कोशीमा अचानक बहाव बढेपछि यहाँ क्षति भएको पाइएकाे छ । आज दिउँसो भोटेकोशीको बहाव बढेर थामे क्षेत्रमा रहेका तीनवटा घर बगाएको छ भने एक होस्टेल र चार/पाँचवटा घर जोखिममा रहेको कोशी प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक भीमबहादुर दाहालले जानकारी दिए । घटनाको जानकारी प्राप्त हुनासाथ…