थाइल्यान्डसँग नेपाल २-० अन्तरले पराजित

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल थाइल्यान्डसँग २-० अन्तरले पराजित भएको छ। थाइल्यान्डको चोनबरीमा भएको खेलमा नेपालले पहिलो हाफमा घरेलु टोलीलाई रोके पनि दोस्रो हाफमा भने दुई गोल बेहोर्न पुग्यो। थाइल्यान्डको जितमा फिलिप रोलर र चाओवाट विराचार्टले गोल गरे। फिलिपले ७८औं मिनेटमा गोल गर्दै थाइल्यान्डलाई अग्रता दिलाए। चाओवाटले ८९ औं मिनेटमा गोल गर्दै थाइल्यान्डको जित सुनिश्चित गरे।…

Logo