इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न खेलमा रोयल च्यालेञ्जर्स बेङ्ग्लोरलाई चेन्नइ सुपर किंग्सले पराजित गरेकाे छ । टस जितेर ब्याटिङमा उत्रिएको चेन्नइले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १९१ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको बेङ्ग्लोर फितलो ब्याटिङ गर्दै १२२ रनमा समेटियो। बेङ्ग्लोरलाई सस्तैमा समेट्न चेन्नइका रवीन्द्र जडेजाले सर्वाधिक ३ विकेट लिँदा इमरान ताहिरले २ विकेट…