काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले हाम्रो खेलकुदको नीति हेर्दा जति राम्रो भएपनि त्यसको कार्यान्वयन भने फितलो रहेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित प्रजातन्त्रवादी खेलाडी तथा खेलप्रेमीहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले नीतिमा व्यवस्था गरिए अनुसारको खेलक्षेत्रमा बजेट भने नछुट्याइएको गुनासो गरे । केही वर्षदेखि सामाजिक उत्तरदायीत्वमा खेलकुदलाई नराखिएको भन्दै उनले खेलकुदलाई सामाजिक…