काठमाडौँ । हरमनप्रीत कौरको नेतृत्वमा रहेको भारतीय महिला टोलीको यात्रा समाप्त भएको छ । २०२४ को टी–२० विश्वकपमा भारतीय टोली यस प्रतियोगिताको सेमिफाइनलमा पुग्न नसकेको यो आठ वर्षमा पहिलो पटक हो । प्रतियोगितामा भारतको सुरुवात राम्रो हुन सकेन र न्युजिल्याण्डसँग हार बेहोरेको थियो । यसपछि भारतले पाकिस्तान र श्रीलंकालाई हराएर आफ्नो आशा जीवित राखेको थियो…