नेपाली राष्ट्रिय क्रिकेट टोली भारत प्रस्थान

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोली भारत भ्रमणमा निस्किएको छ । नेपाली क्रिकेट टोलीले भारतको बैंगलुरुस्थित प्रतिष्ठित नेशनल क्रिकेट एकेडेमी (एनसीए) मा दुई साता प्रशिक्षण गर्ने बताइएको छ । आईसीसी मेन्स क्रिकेट वर्ल्ड कप लिग–२ अन्तर्गत क्यानडामा हुने शृङ्खलाका लागि नेपाली टोलीले आवश्यक तयारी भारतमा गर्ने भएको हो ।

Logo