नेपालका अलराउन्डर दीपेन्द्र सिंह ऐरीले क्रिकेट इतिहासकै सर्वाधिक छिटो अर्धशतक प्रहार गर्ने ब्याटर बनेका छन्। दीपेन्द्रले १९ औँ एसियाली खेलकुदमा मंगोलियाविरुद्ध टि२० आई खेलमा ९ बलमै अर्धशतक प्रहार गरेका हुन्। दीपेन्द्रले १९ औँ ओभरको अन्तिम पाँच बलमा लगातार पाँच छक्का हानेका थिए। २० औँ ओभरको दोस्रो बलमा पनि छक्का हान्दै ६ बलमा ६ छक्का हानेका…