फिफा विश्वकपको २२औं संस्करण कतारमा जारी छ । प्रतियोगिताको समूहचरण सकिँदासम्म निकै अप्रत्यासित नतिजाहरु देखिएका छन् । दाबेदार मानिएका जर्मनी र बेल्जियम समूहचरणबाटै घर फर्किदा जारी संस्करणमा ३ एसियाली राष्ट्रहरु पहिलो पटक नकआउट चरण पुगेका छन् । शनिवार बेलुकी सुरु भएको नकआउट चरणमा अर्जेन्टिनाले अस्ट्रेलियालाई २–१ ले र नेदरल्याण्डले अमेरिकालाई ३–१ ले हराउँदै क्वाटरफाइनल प्रवेश…