राष्ट्रिय खेलाडीले भरिएको विभागीय टोली एपिएफले बिहीबार आयोजक गण्डकी प्रदेशमाथि ९ विकेटको फराकिलो जित निकाल्दै सेमिफाइनलकाे सम्भावना बलियो बनाएको छ । पोखरा रंगशालामा भएको खेलमा गण्डकीले प्रस्तुत गरेको २७ रनको सामान्य लक्ष्य एपीएफले १ सय ६ बल बाँकी रहँदै भेटाउन सफल भएको हो । अघिल्लो खेलमा संघर्षपूर्ण जित निकालेको एपिएफले यससँगै जारी प्रतियोगितामा लागातार दोस्रो…