केन्या भ्रमणमा रहेको नेपालले घरेलु टोलीसँग दोस्रो टी-ट्वान्टी अन्तराष्ट्रियमा प्रतिस्पर्धा गर्दैछ । बिहीबार केन्याविरुद्ध जित निकालेको नेपाल लगातार दोस्रो जितको लक्ष्य सहित शुक्रबार प्रतिस्पर्धामा उत्रिँदैछ। नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा नेपालले घरेलु टोलीविरुद्ध दिउँसो ३.४५ मा प्रतिस्पर्धा गर्नेछ। बरियतामा आफू भन्दा १६ स्थान तल रहेको केन्या विरुद्व पहिलो खेलमा सहज जित निकालेको नेपाल सोहि लयलाई दोस्रो खेलमा…