फेसबुकले आफ्नो नाम परिवर्तन गरेको छ। फेसबुकका प्रमुख कार्यकारी मार्क जुकरवर्गले कम्पनीले नाम परिवर्तन गरेर मेटा राखिएको जानकारी दिए। मेटार्भसमा जोड दिने उद्देश्यले कम्पनीको नाम पनि परिवर्तन गरेको उनले बताए। ‘आजदेखि हामी मेटार्भस हुँदैछौं, फेसबुक होइन्,’ बिहीबार कम्पनीको बार्षिक सम्मेलनलाई सम्बोधन गर्दै जुकरवर्गले भने। ‘हाम्रो ब्रान्ड यति दृढ रुपमा एउटा उत्पादनसँग सम्बन्धित छ की यसले…