गण्डकी । पोखराका पर्यटक पथप्रदर्शकले पोखरा महानगरपालिका–१७ रातो पहिरोस्थित अन्तरराष्ट्रिय पर्वतीय सङ्ग्रहालयको प्रवर्द्धनमा सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् । मङ्गलबार सङ्ग्रहालयका पदाधिकारीसहित सरोकार भएका पक्षबीचको छलफलमा सङ्ग्रहालयलाई पोखरा भ्रमणका मुख्य गन्तव्यमा समेट्नुपर्नेमा जोड दिइएको थियो । पोखरा सिटी टुर गाइड एशोसियशनमा आबद्ध प्रथप्रदर्शकहरु सहभागी कार्यक्रममा गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालयका सचिव कुमानसिंह गुरुङले पर्वतीय…