आज १५ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस । नेपालसहित विश्वभर सर्वोच्च शिखर सगरमाथाको बारेमा विभिन्न कार्यक्रम आयोजना गरि मनाइँदैछ। सगरमाथा विश्वको सर्वोच्च शिखर, नेपालको गौरव भन्ने नारासहित यस वर्ष सगरमाथा दिवस मनाउन लागिएको हो । सन् १८३० को दशकमा बेलायती भूगोलविद् जर्ज एभरेष्टको नेतृत्वमा हिमशिखरको विस्तृत सर्वेक्षण गर्ने शुरुवात भएसँगै सन् १८४७ मा विश्वकै सर्वोच्च हिमालको…