कोरोना भाइरस र बाढीपहिरोको बितण्डाले ठप्प भएकाे लमजुङकाे पदयात्रा क्षेत्रमा चहलपहल सुरु भएकाे छ। झण्डै दुई वर्षपछि यहाँ पदयात्रा गर्ने पर्यटक आएका हुन्। दैनिक दुई सयभन्दा बढी पर्यटकले अचेल यहाँ पदयात्रा गर्ने गरेका छन्। अन्नपूर्ण पदमार्गमा पदयात्रा गर्ने वाह्य पर्यटक केही समययता बढ्दै गएका हुन् । पर्यटकको सङ्ख्यामा वृद्धि भएपछि पर्यटन व्यवसायीमा उत्साह छाएकाे छ।…