नेपालकै सबैभन्दा गहिरो ताल फोक्सुण्डो, वरिपरी पहाड, डाँडाले घेरिएको बीचमा रहेको वाइ आकारको यो ताल समुन्द्री सतहबाट तीन हजार ६११ मिटर उचाइमा छ। तालको लम्बाइ ४.८ किलोमिटर र चौडाइ १.६ किलोमिटर रहनुका साथै नेपालकै गहिरो मानिएको यो तालको गहिराइ ६५० मिटर छ। कान्जिरोवा हिमालको काखमा सजिएर बसेको यो ताल बेलाबेलामा रंग बदल्ने भनेर पनि चिनिन्छ।…