काठमाडौंको सुन्दरीजलदेखि गोसाइँकुण्डसम्मको यात्रा धार्मिक, ऐतिहासिक र मानव शास्त्रीय हिसाबले राम्रो पदयात्रा मानिन्छ । हुन त धेरैजसो यात्रीहरू त्रिशूलीबाट जान्छन् तर सुन्दरीजलको बाटो छोटो मानिन्छ। पैदल यात्राबाट गोसाईंकुण्ड जानेहरूको पहिलो बास चिसापानीमा हुन्छ । दोस्रो दिनको यात्रा लाङटाङ राष्ट्रिय निकुञ्ज प्रवेश गरेपछि साँझ थारे पाटी पुगेर हुन्छ । यसरी नै ठाउँ ठाउँमा बास बस्दै पाँचौँ…