नयाँ दिल्ली,बलिउड अभिनेता अमिताभ बच्चन अस्पताल भर्ना भएका छन् । नियमित स्वास्थ्य जाँच गर्न उनी तीन दिनदेखि स्थानीय नानावती अस्पतालमा भर्ना भएका हुन् । स्वास्थ्य परीक्षणको रिपोर्ट सामान्य आएपछि उनी आइतबार डिस्चार्ज हुने अस्पतालले जनाएको छ।उनले स्वास्थ्य सामान्य रहेको भन्दै ट्वीटमार्फत जानकारी गराएका छन् । अस्पताल बसाईका तस्बिर पनि पोस्ट गरेका छन् । उनले गरेको…