बेइजिङ । बेइजिङका उच्च कूटनीतिज्ञले टोकियोको नयाँ नेतृत्वबाट आफूले ‘सकारात्मक सङ्केत’ पाएको बताएका छन् । यसअघि टोकियोले बेइजिङले उत्पन्न गरेको सुरक्षा खतरालाई सम्बोधन गर्नुपर्ने बताएकी कन्जरभेटिभ पार्टी साने ताकाइचीलाई जापानले गत साता पहिलो महिला प्रधानमन्त्री बनाएको थियो । उनले आफ्नो भनाइलाई नरम बनाएकी छन् । उनले गत हप्ता चीनलाई एक महत्त्वपूर्ण छिमेकीको रूपमा सम्बोधन गरेकी…