नयाँ दिल्ली । पर्यावरणविद् तथा सामाजिक कार्यकर्ता सोनम वाङ्चुकलाई दिल्ली प्रहरीले जन्तर–मन्तरबाट उठाएर स्थानीय एक अस्पतालमा भर्ना गरेको छ । वाङ्चुक पछिल्लो २० दिनदेखि एनइइटी, सिबिएसई, सियुइटी/एसएससीजस्ता परीक्षाहरूमा कथित प्रश्नपत्र बाहिरिने समस्यालाई लिएर केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै भोक हड्तालमा बसेका थिए । उनको स्वास्थ्य बिग्रिँदै गएपछि अदालतको आदेश र चिकित्सकहरूको सल्लाहअनुसार प्रहरीले…