लस एन्जलस । अमेरिकी अन्तरिक्ष संस्था ‘नासा’ र निजी एयरोस्पेस कम्पनी ‘नर्थरप ग्रुमन’ ले आउँदो मध्य सेप्टेम्बरमा अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) तर्फ कार्गो मिसन पठाउने तयारी गरिरहेका छन् । नर्थरप ग्रुमनको यो २३औं पुनःआपूर्ति सेवा उडान हुनेछ, जुन फ्लोरिडाको केप क्यानाभेरल स्पेस फोर्स स्टेसनबाट स्पेसएक्सको फाल्कन ९ रकेटमार्फत प्रक्षेपण गरिनेछ । नासाका अनुसार, यो मिसनमा…